२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुटउपगुट मौलाएको भन्दै बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले रास्वपा परित्याग

858
shares

बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व पङ्क्तिमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुटउपगुट मौलाएको भन्दै बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनीहरूले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर पार्टी परित्या गरेको पत्रमा उल्लेख छ । पार्टी छाड्नेमा रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेको भन्दै बोधार्थ नगर समिति,प्रदेश समिति,केन्द्रीय समितिलाई दिएका छन् । जिल्ला अध्यक्ष देवराज पाठकका अनुसार २१ मध्ये ३ जना पहिल्यै पार्टीको कारबाहीमा परेका हुन् । अरूको हकमा छानबिन भइरहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports