सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नेप्सेमा पौने १० अर्वको कारोवार

481
shares

काठमाडौँ । सेयर बजारमा आज बुधबार दोस्रो दिन पनि उच्च कारोबार भएको छ । तीव्र उतारचढावका बिच आज नेप्से सूचक २२ सय अंकमा पुगेर फर्किएपनि कारोबार भने पौने १० अर्बको भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.१० अंकले घट्दै २१६३.०६ अंकमा ओर्लिएको छ । तर, यता कारोबार भने अघिल्लो दिनको भन्दा बढी ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको ३ करोड ३५ लाख २५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ५४ अंकले नेप्से सूचक बढेको दिन ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर कारोबार थियो ।

आज बैंकिङ, डेभलपमेन्ट बैंक, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । १८० वटा कम्पनीको सेयर मूल्य घट्दा आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र नेपाल वेयरहाजिङ्ग कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य आज पनि ९.९९ प्रतिशतले बढेको छ । तर यता इस्टन हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य भने आज १० प्रतिशतले घट्न पुगेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports