२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी बिधार्थी संगठनको अध्यक्ष पञ्चा सिंह सहित ६ जना बिरूध्द पक्राउ पूर्जी जारी

585
shares

काठमाडौं । १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे । ‘पुरानो घटनामा जाहेरी आएको छ, त्यसमा ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ’, उनले भने, ‘यसमा अनुसन्धान गरिरहेका छौं ।’

२०६५ साल फागुन २६ गते कालीकोटको मल्लको हत्या घटनामा कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्की विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports