दाङमा बस दुर्घटना हुँदा २ जनाको निधन २ घाईते
वि.सं.२०८० माघ ८ सोमवार ०७:४२
shares

दाङ । दाङमा बस दुर्घटना दुई जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन् । गएराति बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका-९ रिहार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ४७ जना सवार रहेका दुई जना घाइते भएको र अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भइरहेको छ । मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



































