पत्रपत्रिकाप्रति दाहाल सरकार अनुदार बन्दै
वि.सं.२०८० माघ १८ बिहीवार १३:३७
shares

काठमाडौ । पुष्पकमल दाहाल नेतृत्वको सरकार सञ्चार जगत्प्रति अनुदार रहेको प्रष्ट हुँदै गएको छ । सरकारले संसदमा प्रस्तुत गर्न बनाएको मिडिया काउन्सिल विधेयक, आमसञ्चार सम्बन्धी विधेयकमा सञ्चारजगत् खास गरे पत्रपत्रिकाहरुलाई लोककल्याणकारी विज्ञापन मार्फत दिँदै आएको सहयोग बन्द उदेश्यले मिडिया काउन्सिल विधेयक तयार गरिएको छ ।
पछिल्लो समय सञ्चार जगत् संकटमा पर्दै आएको थियो । सञ्चार जगत्को महत्वपूर्ण रुपमा रहेको स्वरोजगारमूलक (साना लगानी)का पत्रपत्रिकाहरु साप्ताहिक, मासिक, पाक्षिक र साना लगानीका दैनिक पत्रिकाहरु संकटमा परेका छन् । त्यही कारणले गर्दा धेरै पत्रपत्रिकाहरु बन्द भएका र बन्द हुने अवस्थामा पुगेका छन् । दाहाल सरकारले २०१५ सालदेखि दिँदै आएको लोककल्याणकारी विज्ञापन बन्द गर्ने उदेश्यले विधेयक निर्माण गरेको छ ।
स्वरोजगारमूलक (साना लगानी)का पत्रपत्रिकाहरुले अहिले विज्ञापन नपाउने अवस्था सरकारद्वारा नै सिर्जना गरिएको छ । सञ्चार तथा सूचना मन्त्रालयले सरकारी सञ्चार माध्यमबाहेक अरुलाई विज्ञापन सूचना नदिने सम्बन्धित निकायलाई अघोषित रुपमा आदेश दिएकाले गर्दा सरकार नै पत्रपत्रिकाहरुलाई बन्द गराउने कार्यमा सक्रिय भएको छ ।
पत्रकारिता क्षेत्रमा ठुलो संख्यामा पत्रकारहरु सक्रिय रहेको र संस्थाले विज्ञापन नपाउँदा पत्रकार र कर्मचारीहरुलाई समेत तलब खुवाउन नसक्ने अवस्थामा पुगेका छन् । तर, सरकार भने श्रमजीवि पत्रकारहरुको तलब बढाउने पक्षमा रहेको छ । संस्थाले विज्ञापन नपाउने पत्रिका विक्रि नहुने भएकाले गर्दा श्रमजीवि पत्रकारहरुले कसरी तलब पाउँछ त ?
सरकारले निर्माण गरेका विधेयकमा लोककल्याणकारी विज्ञापन भन्ने शब्द नै नराखिएको र आमसञ्चार विधेयकमा पत्रपत्रिकाको बर्गीकरण मात्र गर्ने भनिएकाले गर्दा लोककल्याणकारी विज्ञापन नदिने भए पत्रिकाको बर्गीकरणको औचित्य के ? लोककल्यणाकारी विज्ञापन बन्द गरिने भए समानुपातिक ढँगले सबै सञ्चारमाध्यमलाई विज्ञापन उपलब्ध गराईनु पर्दछ ।
सर्बोच्च अदालतले पटक पटक सरकारका नाममा समानुपातिक ढँगले विज्ञापन दिन निर्देशन दिएको भएपनि सरकाले आजसम्म समानुपातिक ढँगले विज्ञापन उपलब्ध नगराएको र अहिले निर्माण गरिएका विधेयकमा समेत लोककल्याणकारी विज्ञापन दिने विषयमा कुनै उल्लेख नगरिएको हुनाले दाहाल सरकार पत्रपत्रिका र पत्रकारितामा अनुदारमात्र होइन विरोधीहरुलाई तह लगाउने खेलमा लागेको जस्तो देखिएको छ ।
पछिल्लो समयमा दाहाल सरकारको व्यापक विरोध पत्र पत्रिकामार्फत भएकाले गर्दा त्यसको रिस फर्न सञ्चार तथा सूचना मन्त्रालय र मन्त्री लागि परेको आरोप समेत लाग्न थालेको छ ।






































