गिरिजाको ग्राण्ड डिजाइन र दाहालको फाइल खोल्ने धम्की
वि.सं.२०८० माघ २६ शुक्रवार १३:०३
shares

काठमाडौ । जब आफूलाई अप्ठ्यारो पर्दछ त्यसबेला स्व. गिरिजाप्रसाद कोइरालाले ग्राण्ड डिजाइनको कुरा गर्दै सबैलाई तर्साउने हतियारका रुपमा ग्राण्ड डिजाइनलाई हतियारको रुपमा प्रयोग गर्दथे । तर कहिले पनि ग्राण्ड डिजाइनको कुरा खोलेनन् अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले समेत गिरिजाकै अनुशरण गरेर फाइल खोल्छु भन्दै आएका छन् ।
सत्ता गठबन्धनमा रहेका दलका नेताहरु र उनैको पार्टीका उच्च पदमा बसेका व्यक्तिहरुलाई भने भ्रष्टाचार काण्डमा उन्मुक्ति दिएर अरुलाई फाइल खोल्छु भन्दै तर्साउन प्रयासमा उनी लागि परेका छन् । कानून सबैलाई बराबरी भन्ने सिद्धान्तलाई ध्वज्जी उडाउँदै कानून सत्ता गठबन्धनमै रहेकालाई देखाउने दाँत मात्र बनाइएको छ भने अरुलाई तर्साउने हतियारको रुपमा प्रयोग गरिएको छ ।
सर्वसाधारण भन्दा सत्तामा बस्ने र राजनीतिक दलमा रहेका व्यक्तिहरुलाई अझ बढी कानून लाग्नुपर्ने हो । विश्वका प्राय सबै देशमा भ्रष्टाचारका मामिलामा सर्वसाधारण भन्दा सत्तामा बस्ने र सत्तामा बसिसकेका व्यक्तिहरुलाई सर्वसाधारण भन्दा बढी सजाएँ हुने गरेको भएपनि नेपालमा भने भरिसक्य सत्तामा रहेका र सत्तामा बसिकेका व्यक्तिहरुलाई कानून नै नलाग्ने र लागेपनि उनीहरुलाई सरकारी सक्षीका रुपमा राखेर उन्मुक्ति दिने गरिएको छ ।
जस्को प्रत्यक्ष प्रमाण हो ललिता निवास जग्गा काण्डमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल, बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पौडेललाई उन्मुक्ति दिइनु । ललिता निवास जग्गा काण्डमा बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला ललिता निवास जग्गा प्रकरणमा नक्कली टिकिन्छा गुठी भट्टराईकै पालमा खडा गरिएको र माधव नेपाल प्रधानमन्त्री रहेका बेला त्यही नक्कली टिकिन्छा गुठीमा मोही खडा गरी मोहीलाई जग्गा दिने निर्णय गरिएको थियो । सरकारी जग्गामा मोही लाग्ने व्यवस्था नै नभएको अवस्थामा नक्कली गुठी खडा गर्नु र मोही खडा गरी उनीहरुलाई जग्गा दिने निर्णय गर्नु भ्रष्टाचार नै हो ।
तत्कालिन सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवास जग्गा काण्डको पुन अनुसन्धान गर्न के दाहाल सरकार तयार छ ? सो प्रकरणमा मुछिएका माधव नेपाललाई प्रधानमन्त्री बनाउन सत्ता गठबन्धन अहिले नै हतारिनुको अर्थ उनलाई भ्रष्टाचारीबाट उन्मुक्ति दिनु नै हो । पुष्पकमल दाहालले फाइल खोल्ने धम्की अरुलाई दिनु भन्दा ललिता निवास जग्गा काण्डको पुनः अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने गरी अनुसन्धानमा हस्तक्षेप नगर्ने हो भने माधव नेपाल, बाबुराम भट्टराईलाई पूर्व मुख्यसचिव पौडेलले सीबीआइलाई दिएको बयानले उनीहरु भ्रष्टाचारमा संलगन रहेको प्रमाणित हुन सक्छ । आफूहरुमाथि कुनै कानुनी कारबाही नहोस् भनेरै माधव नेपाल सत्ता गठबन्धनमा रहेर प्रधानमन्त्री बनि भ्रष्टाचारको प्रमाण मेटाउन हतियारको सम्बन्धित निकायले बताएको छ ।





































