linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री प्रकाश ज्वालाको बयान लियो बालकुमारी घटना जाँचबुझ आयोगले

741
shares

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बयान लिएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा रहेको आयोगको कार्यालयमा पुगेर उनले केहिदिन अघि बयान दिएको समितिका एक सदस्यले  बताए ।विद्यार्थीहरुको प्रदर्शन चलिरहेका बेला मन्त्री ज्वाला बालकुमारीमा पुग्दा प्रदर्शनकारीले उनको गाडीमा आगजनी गरेका थिए । त्यसक्रममा ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडी पूर्णतः जलेको थियो । मन्त्रीको गाडी देखेपछि प्रदर्शनकारी थप आक्रोशित बनेको छानबिन समितिका सदस्यहरु बताउँछन् ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले पनि संसद्को कानून, न्याय तथा मानवअधिकार समितिमा पुगेर मन्त्री ज्वाला त्यहाँ नपुगेको भए परिस्थिति अर्कै हुनसक्ने जिकिर गरेका थिए । यसमा ज्वालाको सुरक्षामा खटिएका निजी सुरक्षा अधिकृतको कमजोरी देखिएको भन्दै उनको सरुवा समेत गरिएको थियो । १३ पुसमा भएको घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । यही प्रकरणलाई लिएर ललितपुरका तत्कालीन एसएसपी सिद्धिविक्रम शाह र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको जिम्मेवारी पनि खोसेको थियो । मन्त्रिपरिषद्को १६ पुसमा बसेको बैठकले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा समिति बनाएको थियो । समितिमा प्रहरीका पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सह–सचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।

आयोगलाई घटनामा भएको मानवीय, भौतिक लगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने जिम्मेवारी छ । घटनाको कारण, सुरक्षा प्रबन्ध र सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने जिम्मा पनि आयोगलाई दिइएको छ । घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपायसहितको सिफारिस गर्न पनि आयोगलाई भनिएको छ । आयोगलाई एक महिनाको समय दिइए पनि फेरि १५ दिन म्याद थप गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports