सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्ब भन्दा बढी ठगीमा पक्राउ परेका तत्कालिन सेन्चुरी बैकका सिईओ माधव नेपालका भान्जा

546
shares

काठमाडौं । ऋण प्रवाहमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ तथा सेञ्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भान्जा रहेको खुलेको छ । पूर्वप्रधानमन्त्री नेपालका भान्जा न्यौपानेले सेञ्चुरी बैंकको सीईओमा हुँदा ऋण प्रवाह गर्दा एक अर्ब रुपैयाँ बढी ठगी गरेको आरोप लागेको हो ।

न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले न्यौपाने सहित १० जनालाई मंगलबार पक्राउ गरेको थियो । उनीहरूलाई सात दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ । तत्कालीन सेञ्चुरी बैंकको सीईओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंलाई ऋण दिलाउनुभएको थियो ।

सेञ्चुरी कमर्सियल बैंक गत वर्ष प्रभु बैंकमा गाभिएको थियो । देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ पर्नुभएका चौलागाईं अहिले कारागारमा हुनुहुन्छ । उहाँसँग अनुसन्धानको सिलसिलामा ब्युरोले सेञ्चुरी बैंकको ऋण प्रवाहमा अनियमितता भएको पाइएको हो । चौलागाईं समेतको लगानी रहेका चार वटा कम्पनीमा सेञ्चुरी बैंकले ऋण प्रवाह गरेको थियो । ती कम्पनी पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टीलरी रहेका छन् ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कम्पनीमा सेञ्चुरी बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको थियो । धितो मूल्यांकनले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ मात्र ऋण दिनुपर्नेमा न्यौपानेसहितका व्यक्तिले मिलेमतोमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी दिएको देखिएको छ । चौलागाईंले सहकारीका बचतकर्ताको दुई अर्ब बढी रकम ठगी गरेको पाइएको छ ।

चौलागाईंले बचतकर्ताले राखेको शतप्रतिशत रकम आफू र आफ्नो परिवारका सदस्यको नाममा जग्गा खरिदमा लगानी गरेको पाइएको छ । उहाँले राजधानीका विभिन्न स्थानमा ११० रोपनी जग्गा खरिद गरेको अनुसन्धानले देखाएको छ । बोगटीका अनुसार उहाँले खरिद गरेको तिनैमध्येको जग्गाहरू धितो राखेर सेञ्चुरी बैंकबाट ऋण लिनुभएको थियो । ऋण लिने क्रममा सीईओसँगै मिलेमतो गरेर करिब एक अर्ब रुपैयाँ धितोभन्दा बढी हात पारेको देखिएको छ ।वीरगञ्ज महानगरपालिका-५ घर भई हाल ललितपुर-१० कुपन्डोल बस्ने न्यौपानेसहित पक्राउ पर्नेमा राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports