२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले ओमानलाई दियो २ सय ६४ रनको लक्ष्य

286
shares

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ। चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए।

रोहित ६१ रन बनाउँदै पेभेलियन फर्के। उनले ६७ बलमा ३ चौका र १ छक्का हाने। बसिर ३९.१ ओभरमा ३७ रन बनाउँदा आउट भए। उनले ५० बलमा ३ चौका प्रहार गरे।ओपनर अर्जुन कुमाल ५९ बलमा ४० रन बनाउँदै पेभेलियन फर्के। इसान पाण्डे पनि ३७ रन बनाउँदै आउट हुन पुगे। आशिफ शेख ४ रन नै पेभेलियन फर्के। दिपेन्द्र सिंह ऐरि २२ र सन्दीप जोरा १० रनमा आउट भए।

करण केसी ४० रन बनाउँदा इनिङस्को अन्तिम बलमा रन आउट भए। आक्रामक ब्याटिङ गरेका करणले १६ बलमा १ चौका र ४ छक्का प्रहार गरे। नन्दन यादव ७ रनमा अविजित रहे।ओमानका लागि शाह फैसल, सकिल अहमद र करण सोनाभालेले समान २ विकेट लिए। हसैन शाहले एक विकेट लिए। ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports