सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाले आन्तरिक तथा बाह्य सुरक्षा स्थितिबारे समीक्षा गर्ने पृतनापतिहरुको सम्मेलन सुरु

585
shares

काठमाडौं । नेपाली सेनाले आन्तरिक तथा बाह्य सुरक्षा स्थितिबारे समीक्षा गर्ने पृतनापतिहरुको सम्मेलन सुरु भएको छ । बुधबारदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ ।सम्मेलमा राष्ट्रिय सुरक्षाको अवस्था, चुनौति, भूराजनीतिक परिवेश लगायतका विषयमा पनि जर्नेलहरुले विश्लेषण सुनाउनेछन् । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको उपस्थितिमा सुरु भएको सम्मेलनमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखहरुले समेत आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेको कार्यको समीक्षा र सुझावहरु प्रस्तुत गरेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् ।

बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले पृतनापति सम्मेलनबाट निस्किने निष्कर्षले सेना र रक्षा मन्त्रालयलाई भावी कार्ययोजना तर्जुमा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘बाह्य रुपमा नेपलाको भूराजनीतिक अवस्थिति, शक्ति राष्ट्रहरुको रणनीति र प्रतिष्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीको विश्व मञ्चामा बढ्दो उपस्थिति, श्रम आप्रवासन लगायतको सुक्ष्म विश्लेषण गर्न जरुरी छ’, उनले भनेका छन्, ‘खुला सीमा, प्रविधिको विकास लगायतका विषयले सुरक्षा वातावरणमा श्रृजना गर्दै आएका प्रभाव एवं आन्तरिक रुपमा स्वार्थ प्रेरित व्यक्ति र समूहहरुको धार्मिक र सामाजिक सद्भाव विथोल्ने र साम्प्रदायिक गतिविधिहरुको विश्लेषण गरेर समग्र राष्ट्रिय सुरक्षामा देखा परेका चुनौतिहरुको आँकल गर्न जरुरी छ ।’

उनले सेनाले सीमित स्रोत, साधनको उच्चतम सदुपयोग गर्दै मुलुकका लागि गरेको त्याग प्रशंसनीय रहेको समेत बताएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । उपप्रधानमन्त्री खड्काले जनताको तीब्र विकासको अपेक्षा पूरा गर्न सरकारले राष्ट्रिय गौरवको काठमाडौं तराई मधेश द्रुतमार्ग सडक निर्माणको जिम्मा दिएको बताउँदै निर्धारित लागत र समयसीमाभित्र आयोजना सम्पन्न गर्न संवेदनशील बन्न आग्रह गरे । उद्घाटन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका कार्यहरुसँगै पर्यावरण सुरक्षा, विपद् प्रतिकार्य, विकास निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीहरुलाई समेत सम्बोधन गर्न सक्ने गरी सेना हरहमेसा तयारी अवस्थामा रहने बताए ।

‘परम्परागत र अपरम्परागत खतराहरुद्वारा सिर्जित सुरक्षा चुनौतीहरुलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता हो, त्यही अनुरुप तयारी अवस्थामा रहनुपर्छ’, उनले भने, ‘राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयहरुमा छलफल गर्न बैठक फलदायी हुनेछ ।’ उनले वर्तमान राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको संक्षिप्त विश्लेषण गर्दै रुस तथा युक्रेन बीचको युद्ध, इजरायल तथा हमास बीचको युद्ध लगायतका गतिविधिले नेपालको आर्थिक तथा सामाजिक जीवनमा परिरहेको प्रभावले भूमण्डलीकरणको असरलाई प्रतिविम्वित गरेको बताए । शर्माले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा नविन प्रविधिको प्रयोगले पार्ने असर र मानव सुरक्षाका बहु आयामिक चुनौतीहरु बुझ्न र तदनुरुप क्रियाशिलताका लागि तयार रहनु आवश्यक रहेको पनि बताए ।कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा र बलाधिकृत रथी अशोकराज सिग्देल पनि उपस्थित थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports