सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल–भारत बिच आज देखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु

611
shares

काठमाडौँ । नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले क्युआर मार्फत भुक्तानी गर्न सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले  जानकारी दिए ।

उनका अनुसार भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । यसका लागि भारतीय नागरिकले भारतका बैंकमा खाता हुनुपर्नेछ । सोअनुसार भारतीय बैंकका क्युआरमार्फत नेपालको फोन पे मा क्युआर गरेर भुक्तानी गर्न सक्ने भएका हुन् । तर यो सेवा सीमित रूपमा मात्रे चल्ने बताइएको छ । ‘भारतका सीमित बैंकको क्युआर मार्फत फोन पे गर्न मिल्नेगरी सेवा सुरु भएको छ,’ पौडेलले  भने । यसअघि, यही वर्ष २०८० को जेठ मध्य साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो ।

त्यसपछि, नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले अन्तरदेशीय भुक्तानी प्रणाली अघि बढाउन सम्झौता गरेका थिए । सम्झौतामा अन्तरदेशीय भुक्तानी प्रणाली नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको युनिफाईड पेमेन्ट इन्टरफेस (यूपीआई) ले अघि बढाउने उल्लेख थियो । फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने बताए । उनले १३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्तावलाई ‘इनएबल’ गर्न बाँकी रहेको बताए । यो सुरुवात भएकाले भावी दिनमा थप बैंकबाट नेपालमा क्युआर गर्न मिल्ने उनको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports