सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

व्यापारीहरूलाई राष्ट्रिय दुष्मन नभई राष्ट्रिय मित्र सोचेर कानुन बनाउन आवश्यक : सांसद सर्वेन्द्रनाथ शुक्ला

559
shares

काठमाडौँ । सांसद सर्वेन्द्रनाथ शुक्लाले व्यापारीहरूलाई राष्ट्रिय दुष्मन नभई राष्ट्रिय मित्र सोचेर कानुन बनाउन आवश्यक रहेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै शुक्लाले भने -‘व्यापारीलाई मित्रवत् भावनाअनुसार नै कानुन बनाउनुपर्छ । त्यसपछि अर्थतन्त्र सुध्रिन्छ । अहिले अर्थतन्त्र बाह्य देशमा सरिरहेको छ, यसलाई रोक्नुपर्छ ।’

कानुनी र कार्यान्वयनको सुधार सन्तुलित रूपमा अघि बढाउनुपर्ने भन्दै उनले सुधारको पक्ष निजी क्षेत्र भएकाले संस्थागत रूपमा विश्वासमा लिएर जानुपर्ने बताए । उनले भने -‘जबसम्म नेपाल भारत वारि र पारिको मूल्यमा ठुलो भिन्नता रहन्छ, यसले नेपालको राजस्वमा असर गर्छ । हाम्रो राजस्वमा अचाक्ली वृद्धि छ, त्यसैले सीमा राजस्व चुहावट रोक्न मूल्यमा तात्त्विक भिन्नता हुनुहुँदैन, राजस्व पनि व्यवहारिक बनाउनुपर्छ ।’ परराष्ट्र नीति र आर्थिक नीतिमा दलहरूको समान धारणा हुनुपर्नेमा उनले जोड दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports