२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद्को गतिरोध हटाउन पहल गर्न प्रधानमन्त्री दाहाललाई माधव नेपालको ध्यानाकर्षण

936
shares

काठमाडौँ । नेकपा (समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद्‌मा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेपालले ध्यानाकर्षण गराएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर संसद्‌मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीज्यूको सक्रिय पहल होस्। हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग हुने कुरा पनि पार्टी अध्यक्षले राख्नुभयो’, एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध हटाउने विषयमा पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी सहमतिको वातावरण बनाइदिन आग्रह गरेका थिए । तर सहकारी ठगीमा व्यक्तिको नाम, संस्था र पद उल्लेख गरी संसदीय छानबिन समिति गठन नभएसम्म सहमति हुन नसक्ने कांग्रेसको अडान यथावत् रहेको छ । शनिबार सत्ता पक्षले समस्याग्रस्त सहकारीको नाम उल्लेख गरेर समिति गठन गर्न सकिने नयाँ प्रस्ताव राखेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports