नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिरोहिया पक्राउ गर्नु पत्रकारितासँग सम्बन्धित थिएन

793
shares

 

गत हप्ता कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकताको दुरुपयोगको आरोपमा पक्राउ परे । उनी पक्राउ पर्ने समाचार सार्वजनिक भएपछि कांग्रेसका नेताहरु सहित कांग्रेसका सांसदहरु कान्तिपुरको कार्यालय रहेको थापाथलीको कान्तिपुर टावरमा पुगेर सिरोहियाको पक्राउको विरोध गरे । सिरोहिया पत्रकारिता गरेको कारण नभएर नागरिकता दुरुपयोग गरेको कारणले पक्राउ परेका हुन् । उनी पक्राउ पर्दा प्रेस स्वतन्त्रताको हनन भयो भन्दै कांग्रेसले सदनदेखि सडकसम्म आवाज उठाएको छ । कैलाश सिरोहिया पत्रकार होइननर । एउटा उद्यमी पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रताको हनन हुन्छ र ? त्यसको स्पष्ट जवाफ नेपाली कांग्रेस र प्रेस स्वतन्त्रताको हनन भयो भनेर प्रधानमन्त्रीलाई धम्कीपूर्ण भाषामा ध्यानाकर्षण गराउनु स्वतन्त्र प्रेसको रक्षा नभएर एक विवादित व्यापारीको रक्षाको लागि हो भन्ने प्रष्ट भएको छ ।
केही समय पहिला सर्बोच्च अदालतले द डार्क फाइल प्रकरणमा समाचार हटाउन आदेश दिएको थियो तर त्यस्तो आदेश दिँदा किन स्वतन्त्र प्रेसको कुरा उठाइएन ? अदालतलको आदेशले सिरोहिया पक्राउ परेका हुन् । अदालतको आदेशलाई पालना गर्नु सबैको दायित्व र कर्तव्य हुन्छ । अदालतको आदेशले नागरिकता दुरुपयोगको केशमा पक्राउ गरेका व्यक्तिलाई सरकारले त्यसमा पनि प्रधानमन्त्री र गृहमन्त्रीले नै आदेश दिएर पक्राउ गरियो भन्नु कुनै अर्थमा पनि उचित हुन सक्दैन । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको हुनाले उनीमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउने माग गर्दै संसद अवरोध गरिरहेको थियो । उसले लामिछानेकै नाम किटेर छानविन समिति बनाइनु पर्छ भन्नु छानविन नै नगरि उनलाई दोषी किटान गर्नु हो । रवि लामिछाने सहकारी ठगी प्रकरणमा निकै पहिला नै जोडिएका थिए । त्यसबेला कांग्र्रेस सहित माओवादी नेतृत्वको सरकार थियो त्यसबेला किन कांग्रेसले छानवि समिति बनाउन सकेन ? जब प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले सहित, रास्वपासँग गठबन्धन गरे त्यो पछि कांग्रेसले सहकारी ठगी प्रकरणको मुद्दा उठाउन थालेको हो । कांग्रेसले उठाएको मुद्दा गलत होइन तर ठीक सयममा उठाएको भने होइन ।
कैलाश सिरोहिया पक्राउ प्रकरणलाई नेपालस्थित अमेरिकी दुतावास, नेपाल पत्रकार महासंघ, केही सदस्यहरुको संगठन र कथित नागरिक समाजका संगठनहरुले प्रेस स्वतन्त्रतासँग जोड्नु सर्वथा गलत कार्य हो । नेपालमा प्रजातन्त्रको लागि दशकौँ लडेको आफूलाई लोकतन्त्रवादी मान्ने नेपाली कांग्रेसले अदालतलको आदेशबाट पक्राउ परेकी सिरोहियालाई पक्राउ गर्नु मिडिया व्यापारीको पक्षमा उभिनु र अदालतको आदेशको विपक्षमा उभिनु नै र उनको पक्षमा अभिव्यक्ति दिनु सर्वदा गलत कार्य हो । किर्ते नागरिकता प्रकरणमा परेका व्यक्तिले अदालतको आदेश अनुसार राज्यको अनुसन्धानलाई सहयोग गर्दछु भन्दै आफैँ अग्रसर हुनुको बदला स्वतन्त्र प्रेसलाई जोडेर गम्भीर विषयान्तर गर्न खोजेको जस्तो देखिएको छ । यस्तो अवस्थामा संसदको प्रमुख विपक्षी दलले समेत स्वतन्त्र प्रेसमाथि सरकारले हस्तक्षेप ग¥यो भन्दै कुर्लनु भनेको जनतालाई भ्रममा राखेर सत्ता गुमाउनु पर्दाको पिडालाई कम गर्ने कुर्लनु भनेको जनतालाई भ्रममा राखेर सत्ता गुमाउनु पर्दाको पिडालाई कम गर्ने प्रयास बाहेक अन्य केही हुन सक्दैन ।
नेपाली कांग्रेस र केही नेपाली प्रेस जनमानसमा भ्रम पार्न खोजेको विषय भनेको नागरिकता प्रकरणमा आरोपित सिरोहिया भन्ने व्यक्ति रवि लामिछाने नामक गृहमन्त्रीको आदेशमा पक्राउ परेका हुन् भन्ने भ्रम पार्न खोजिएको छ । तर सिरोहिया पक्राउको सत्य कारण चाँहि धनुषा जिल्ला अदालतको आदेशबाट पक्राउ पुर्जी जारी भएर पक्राउ परेका हुन् । उनी पक्राउ पर्ने कारण समेत प्रहरीले अदालतमा पेश गरेको र अदालतले त्यसलाई स्वीकार गरेर पक्राउ पुर्जी जारी भई उनी पक्राउ परेका हुन् तर उनलाई कान्तिपुरमा समाचार प्रकाशित गरेकै कारण पक्राउ गरिएको भन्ने भ्रम फैलाएर केही व्यक्तिहरुले मौकाका फाइदा उठाइरहेका हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports