linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार महासंघको निर्वाचन : ६ वटा संगठनले गरे ४ बुँदे माग

676
shares

काठमाडौँ । पत्रकार आबद्ध विभिन्न संघ संगठनहरुले आगामी असार दोस्रो साताभित्र नेपाल पत्रकार महासंघको निर्वाचन गर्ने प्रतिबद्धता पुरा गर्न माग गरेका छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष कमल बुढा र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

महासंघको २७ औँ महाधिवेशनले तय गरेको तीनै तह केन्द्र, प्रदेश र जिल्ला शाखा/एशोसियट समितिको निर्वाचन हुनुपर्ने दिन २६ जेठ २०८१ भएपनि तर निर्धारित मितिमा निर्वाचन हुन नसकेपछि उनीहरुले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले तत्काल निर्वाचन कार्यतालिका र निर्वाचन मिति घोषणा गर्न पनि माग गरेका छन् ।

यसअघि महासंघले सदस्यता विवादका कारण समयमा निर्वाचन हुन नसकेको भन्दै असार दोस्रो हप्ताभित्रमा निर्वाचन गरिने जानकारी गराएको थियो । ‘निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएको मात्रै होइन, निर्वाचनको मिति समेत ठोस गरिएको छैन । यसले फेरि पनि अन्यौलता सिर्जना गरेको छ’, संघ संगठनहरुले आशंका व्यक्त गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports