linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक हेमन्त चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

767
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनले मगध विश्वविद्यालय, बोधगया, भारतबाट बीए उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस परेको पुष्टि भएको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबी सहित उजुरी परेपछि छानबिनका क्रममा चौधरीले नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएको पाइएको बताए ।

त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत उनले सोही प्रमाणपत्र पेस गरी हाल उप–अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको घिमिरेले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports