नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओलीले गरे क्षतिग्रस्त आफ्नो पार्टी कार्यालयको अवलोकन

1.11K
shares

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गरेका छन्। मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर ओलीले इातिको स्थलगत अवलोकन गरेको उनको सचिवालयले जानकारी गराएको छ।

प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन्।

पार्टी कार्यालयमा बाढी पसेपछि नेकपा एमालेको सचिवालय बैठक पनि मंगलबार होटल बसेरामा बसेको थियो। लगत्तै, सिहंदरबारमा संसदीय दलको बैठक बसेको थियो। अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ।

बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ। दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ। प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शंकर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports