linktrix Long Ad
Salt Trading Long Ad

चितवनका सिडिओ र प्रहरी प्रमुखको सरूवा

676
shares

चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरकारले एकसाथ फिर्ता बोलाएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ।यस्तै चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश्वर रिमाललाई पनि त्यहाँबाट हटाइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालयका प्रकाश पौडेललाई सरुवा गरिएको छ।चितवनको प्रहरी प्रमुखमा मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रलाई सरुवा गरिएको छ। चितवनबाट हटाइएका एसपी रिमाल मानव बेचविखन ब्युरोमा गएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए।

सीडीओ यादव र एसपी रिमालले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध जथाभावि आन्दोलन गर्दा पनि त्यसलाई रोक्न नसकेको उनीहरुमाथि आरोप छ।रास्वपाका कार्यतर्काले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदी किनारमा दाह संस्कार गरेका थिए। उक्त कार्यलाई प्रशासनले रोक्ने प्रयास समेत नगरेको भन्दै फिर्ता गरेको हो।

यस्तै गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव गोविन्द रिजाललाई सरुवा गरेको छ। रिजाल गृह मन्त्रालयमा कार्यरत थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports