सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि र रास्वपामाथि संकट थपिँदै

494
shares

 

काठमाडौ । गत कार्तिक २ गते सहकारी ठगी प्रकरणमा काठमाडौबाट पक्राउ परेका रास्वपाका सभापति एवं सांसद रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन् । पछिल्लो पटक उनलाई प्रहरी हिरासतमा नै राख्न कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनको अनुमति दिएको छ । लामिछाने विरुद्ध कास्की, रुपन्देही, काठमाडौ, चितवन जिल्ला अदालतले रवि विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । उनलाई कास्की प्रहरीको हिरासतमै रहेका बेला रुपन्देही लगेर प्रहरीले बयान लिई सकेको छ भने अब काठमाडौमा ल्याएर प्रहरीले बयान लिने निश्चित जस्तै रहेको छ ।
कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको उजुरी बतकर्ताहरुले गरेका थिए । अहिले त्यही विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्की प्रहरीले लामिछानेले नै चेक काटेर सहकारीको व्याज तिरेको प्रमाण फेला परेपछि लामिछाने थप संकटमा परेका भएपनि उनले आफूले चेक नकाटेको भन्दै आफूमाथि अन्याय भएको गुनासो न्यायाधिश सक्षम गरिरहेको भएपनि प्रमाणले उनैले चेक काटेको ठहरिन सक्छ । उनी माथि काठमाडौ, चितवन, कास्की, रुपन्देही र वीरगञ्जमा किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका विषयमा अनुसन्धान भईरहेको छ । उनीसँगै पक्राउ परेका छविलाल जोशी, कुमार रम्तेललगायतले लामिछानेमाथि दोष लगाएका हुनाले लामिछानेलाई थप संकट देखिएको छ ।
लामिछाने प्रबन्ध निर्देशक रहेका बेला सूर्यदर्शन सहकारीसहित अन्य सहकारीहरुबाट ६५ करोड रुपैँया अवैधानिक रुपमा गोर्खा मिडियामा लगेर ठगी गरेको आरोप लागेको छ । लामिछानेलाई अनुसन्धान गर्न पहिलो पटक ६ दिन त्यसपछि, ७ दिन, त्यसपछि १० दिन र त्यसपछि १३ दिन हुँदै मंसिर ९ गते १५ दिनको म्याद थपिएको छ ।
प्रहरीले उनीमाथि अनुसन्धान गर्न र प्रमाण आउने क्रम जारी रहेकाले म्याद थप गर्नुपर्ने बताउँदै आएकाले गर्दा र काठमाडौ, चितवन र वीरगञ्जमा उनको बयान लिने क्रम बाँकी रहेकाले गर्दा लामिछाने तत्काल रिहा हुन सक्ने सम्भावना नरहेकाले रास्वपा नै संकटमा पर्न सक्ने सम्भावना बढेर गएको छ ।
आफ्नो सभापति पक्राउ परेपछि रास्वपाले केही दिन सडक आन्दोलन गरेको भएपनि अहिले रास्वपा चुपचाप बसेको र पार्टी सभापति नै ठगी प्रकरणमा मुछिएका हुनाले र तत्काल रिहा हुन सक्ने सम्भावना समेत नदेखिएको हुनाले रास्वपाका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुसमेत क्रमश घट्दै गएको आभास पाउन थालिएकाले गर्दा रास्वपामाथि संकट पैदा भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports