सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि विनाको रास्वपा अन्यौलग्रस्त

572
shares

 

गत कार्तिक २ गते आफू सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने निश्चित भएपछि रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए ‘सरकार म¥यो हामीलाई जुठो प¥यो’ भनेर । नभन्दै अहिले रास्वपा रानो बेगरको मौरी जस्तो भएको छ । सरकार मरेर रास्वपालाई जुठो पर्नु नपर्ने हो । रास्वपा प्रतिपक्षी दल रहेको छ । सरकार निर्माणका बेला बाहेक अन्य बेला सरकारसँग राजनीतिक दलको साइनो जोडिँदैन । सरकार मर्दा प्रतिपक्षी दलमा बसेको रास्वपालाई कसरी जुठो प¥यो ? रास्वपा अहिले क्रमस कमजोर हुँदै गएको जस्तो देखिएको छ । सो अवस्था आउनुमा रास्वपाले अरुलाई दोष लगाउनु भन्दा आफ्नै कमी कमजोरी रहेको स्वीकार गर्नु नै उपर्युक्त हुनेछ । सभापति पक्राउ परेपछि उनलाई छुटाउन रास्वपाले काठमाडौ, पोखरा लगायतका ठाउँमा आन्दोलन गरेको थियो । सरकार प्रमुखलाई विभिन्न आरोप लगाउँदै सहकारी ठगी प्रकरणमा जोडिएका आफ्ना सभापति लामिछानेलाई निर्दोष करार गर्दै आन्दोलन गर्दा उसलाई फाइदा भन्दा बेफाइदा नै हात लागेको छ ।
कुनैपनि व्यक्तिमाथि अपराध गरेको आरोप लागेपछि राज्यको नियम कानुन अनुसार कारबाही हुनुपर्दछ । अपराध गरेको आरोप लाग्ने रविमात्र होइनन् । विभिन्न समयमा नेपाली कांग्रेस र नेकपा एमालेका विभिन्न व्यक्तिहरुमाथि त्यस्ता आरोप लागदै आएका भएपनि कांग्रेस र एमालेले अरोपित व्यक्तिलाई छुटाउन सडक आन्दोलन गरेनन् । अहिले पनि कांग्रेस–एमालेका केही नेताहरु पुर्पक्षका लागि जेलमा रहेका छन् । उनीहरुलाई थुनामा पठाउने कार्य न्यायलयले गर्ने हो । अपराधमा संलग्न भएका हुन् वा होइनन् भन्ने छुटाउने काम न्यायलयको भएपनि रास्वपाले भने नयाँ रेकर्ड बनाउँदै सरकार र सरकार प्रमुखलाई आफ्नो पार्टीका सभापति एवं सांसद रविमाथि प्रतिशोध लिएको आरोप लगाउँदै आन्दोलनमा जानु कानुनी राज्यको बर्खिलाप र कालान्तरमा रास्वपालाई नै घाटा हुनु हो । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृह मन्त्री बालकृष्ण खाँण नेकपा एमालेका उपसचिव एवं पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी समेत पक्राउ परे तर कांग्रेस–एमालेले त्यसको विरोधमा सडक आन्दोलन गरेनन् उनीहरुले राज्यको कानुन अनुसार जे देखिन्छ त्यसै अनुरुपको कारबाही हुन्छ भन्दै न्यायलयमाथि विश्वास गरे तर रास्वपाले न्यायलयमाथि विश्वास गर्न सकेन त्यसले गर्दा रास्वपाकै जनमत घटेको छ । कानुनी राज्यमा राज्यको नियम कानुन अनुसार कानूनी कारबाही हुने हो प्रधानमन्त्री र सरकारले दण्ड सजाए दिने होइन न्यायलयले कानुन अनुसारको दण्ड सजाय र न्याय दिने हो भने हेक्का राख्न नसक्नु रास्वपाकै लागि घातक सावित हुन सक्छ ।
रवि लामिछाने विरुद्ध काठमाडौ, पोखरा, रुपन्देही, चितवन लगायतका विरगञ्जमा समेत सहकारी ठगी गरेको उजुरी परेको छ भने काठमाडौ कास्की रुपन्देही र चितवन जिल्ला अदालतले उनीमाथि पक्राउ पुर्जी जारी गरिसकेको र सम्भवत यहि हप्ता भित्रमा विरगञ्जमा पक्राउ पुर्जी जारी हुन सक्ने सम्भावना देखिएको छ । लामिछाने हाल अदालतको आदेशमा कास्की प्रहरीको हिरासतमा रहेका छन् । कास्की प्रहरीको हिरासतमा हुँदाहुँदै उनलाई रुपन्देही लगेर रुपन्देही प्रहरीले समेत बयान लिइसकेको छ अब उनलाई काठमाडौ ल्याएर बयान लिने प्रहरीका भनाईरहेको छ चितवन र विरगञ्जमा समेत उनलाई लगेर बयान लिन सक्ने र प्रहरीले अदालतमा मुद्दा दर्ता गर्ने समय लाग्ने भएकाले तत्काल लामिछाने रिहा हुन सक्ने सम्भावना नदेखिएपछि रास्वपाले हिजोका दिनमा आवेशमा आएर गरिएको आन्दोलनप्रति उक्त पार्टीले भित्रभित्रै आत्मालोचना गरेको जस्तो देखिएको छ । केही दिन पहिले रास्वपाले मंसिर ८ गते देखि दोस्रो चरणको आन्दोलन गर्ने सार्वजनिक सूचना निकालेकोमा केही दिन पहिला पार्टीको केन्द्रीय समितिको बैठकले अब आन्दोलनको स्वरुप फेर्नुपर्ने निर्णय गरेपछि अबको रास्वपाको आन्दोलन कस्तो होला भन्ने प्रश्न समेत उठेको छ । अपरिपक्क राजनीतिक ज्ञानले गर्दा उनीहरुको राजनीतिक दलको नेतृत्व नभएपनि पार्टीको दैनिक कार्य सञ्चालन गर्न सकिन्छ । दल भनेकै एउटा व्यक्तिमात्र होइन । पार्टीमा विभिन्न व्यक्ति हुन्छन् एकको अनुपस्थितिमा पार्टी नै चल्न नसक्ने होइन ।
नेतृत्वमा जाने वित्तिकै पार्टी उसैसँग गयो भन्ने मान्यता रास्वपाले राख्ने हो भने सो पार्टी चल्न सक्ने सम्भावना नै हुँदैन । नेतृत्वमा रहेको कमी कमजोरीलाई सच्चाएर अर्को नेतृत्वले पार्टी सञ्चालन गर्न सक्नुपर्दछ । यहि मंसिर १६ गते देशका विभिन्न निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तर २०७९ मा संघीय संसदमा काठमाडौबाट मात्र ४ सिटमा जित हाँसिल गरेको पार्टीले र्कीतिपुरमा आफ्नो पार्टीबाट उम्मेदवारसम्म उठाउन सकेन यसैले प्रमाणित हुन्छ रास्वपाका लामिछाने बाहेकका नेता रहेनछन् कार्यकर्ता मात्र रहेछन् भनेर ।
रवि लामिछाने लामो समयसम्म जेलमा बस्नुपर्ने निर्णय अदालतले गरेको खण्डमा रास्वपाको भविष्य नै अन्योलमा पर्न सक्ने सम्भावना रहेकाले गर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरु अहिले केही निस्क्रिय रहेको र केहीले पार्टी नै परित्याग गर्न सक्ने अनुमान हामीले गरेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports