सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज एकै दिनमा सुनको मूल्य १६०० सयले बढ्यो

663
shares

आज सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार घटेको सुनचाँदीकै मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार प्रतितोला तीनसय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो।आज सुनको मूल्य तोलाको एक लाख ५० हजार नौसय रुपैयाँ निर्धारण भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार तीनसय रुपैयाँ थियो।

गएको सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय र मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो।आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ निर्धारण भएको छ। हिजो चाँदी तोलाको एक हजार आठसय रुपैयाँ थियो।

सरकारले भन्सारदर घटाएपछि यो साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports