सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक : निर्वाचन आयोग

520
shares

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले आफ्नो काम गरेको बताए ।‘मतदान सम्पन्न भएको भोलिपल्ट नै अधिकांश स्थानको नतिजा आइसक्छ’, प्रमुख थपलियाले भने, ‘कुनै अवरोध भएन र स्मुथली काम गर्न दिने हो भने मतदान भएको दुई दिनभित्र नतिजा आइसक्छ ।’

कानुन अनुसार मतदान भइसकेर मतपेटिका जम्मा भइसकेपछि राजनीतिक दलको सहमति जुटाएर मात्र मतगणना सुरु गर्नुपर्ने अवस्था रहेको छ । पालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष सहित ४१ पदका लागि मङ्सिर १६ गते आइतबार मतदान हुँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports