विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाले भव्यताका साथ पृथ्वी जयन्ती मनाउने

754
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते भव्यताका साथ पृथ्वी जयन्ती मनाउने भएको छ ।

शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । केन्द्रीयरुपमा जलपान समारोहका साथ भृकुटीमण्डपमा चियापन कार्यक्रम गर्ने र ७७ वटै जिल्लास्तरमा पनि पार्टीले कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने तय भएको श्रेष्ठको भनाइ छ ।

पृथ्वीजयन्तीलाई भव्यताका साथ मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल नसकिएकाले शनिबार पनि बैठक बस्ने श्रेष्ठको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports