नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनेश्वर खेलमैदानका लागि जग्गा खरिद गर्न बूढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय

923
shares

काठमाडौं। सरकारले बूढानीलकण्ठ-४ मा धनेश्वर खेलमैदानका लागि जग्गा खरिद गर्न बूढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय गरेको छ ।

बूढानीलकण्ठ– ४ मा ३५ रोपनी जग्गामा निर्मित धनेश्वर खेलमैदान क्षेत्रको जग्गा खरिद स्वीकृति दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए । ‘निरन्तरको प्रयासपछि आजको मन्त्रिपरिषद बैठकले बूढानीलकण्ठ– ४ मा रहेको ३५ रोपनी जग्गामा निर्मित धनेश्वर खेलमैदान क्षेत्रमा पर्ने जग्गा मुआब्जा दिएर खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय गरेको छ,’ पौडेलले लेखेका छन्, ‘२०७० सालदेखि नै प्रयत्न भैरहे पनि स्तरीय खेलमैदान निर्माण गर्ने स्थानीय युवा तथा खेलप्रेमीको अधुरो सपना चुनावी घोषणापत्रमा समेटेर पूरा गर्ने प्रतिबद्धता हामीले व्यक्त गरेका थियौं।’

मन्त्रिपरिषदले सोही वडाको श्रीराम निम्न माध्यमिक विद्यालयलाई आवश्यक ९ आना जग्गासमेत मुआब्जा दिएर खरिद गर्न स्वीकृति दिएको पौडेलले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports