२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणतन्त्रलाई सुदृढ बनाउनु पर्छ‚ यसलाई अगाडि लानु पर्छ : सभापति शेरबहादुर देउवा

962
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्न सबैको कर्तव्य हुने भएको बताए ।‘आजको गणतन्त्र सफल पार्न सबैको कर्तव्य छ । गणतन्त्रलाई सुदृढ बनाउनु पर्छ‚’ उनले भने‚ ‘यसलाई अगाडि लानु पर्छ । अहिलेका मधेश पहाड हिमाल पूर्व पश्चिम सम्पूर्ण नेपालीको एकता यही मेलमिलाप हो ।’

उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि आवश्यक भएको बताए ।‘कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ‚’ उनले भने । बिपी गणेशमान नेपाल फर्केपछि राजनीति पनि उनीहरू वरपर घुमेको र राजाले घुँडा टेकेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports