linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष दाहाललाई जनार्दन शर्माको प्रश्न चुनावबाट अध्यक्ष बन्न किन आँट नगरेको ?

624
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा प्रभाकरले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका हुन् । ‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ । अध्यषको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ?’ प्रश्न गर्दै उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्षमा हामी कसैले दावी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो । चुनिएर आउन किन डराउनुपर्यो ।’

पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको चर्चा गर्दै उनले त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports