कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता
वि.सं.२०८१ पुस २३ मंगलवार १६:०८
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन मंगलबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । दुई नेताबिच समसामयीयक राजनीतिबारे कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिएका छन् ।






































