kumari
stcnepal

अमृत लोकतन्त्रलाई नेतृत्वले विषालु बनाए

 

राजन कार्की
नेपालको लोकतन्त्र भाषणमा लोकतन्त्रे आँधी, कागजमा विकास । यही हो । यस्तो लोकतन्त्रकै कारण नेपाल टाक्सिदै गएको छ । अतिरोगका कारण मृत्युको मुखमा पुगेको छ । नेताहरुले सम्झेका होलान्, हामी निर्वाचित हौं, हामी शक्तिशाली छौं, हामी सम्पन्न भयौं, हामीलाई कसले छुनसक्छ ? यस्तै धारणा राखेका थिए श्रीलंकाका राजापाक्षे परिवारले । यस्तै सोच्थिन, बंगलादेशकी प्रधानमन्त्रीले, यस्तै सोचका कारण विश्वका धेरै मुलुकका शासकहरु ज्यान जोगाएर अर्काको देशमा शरणार्थी बन्न पुगेका छन् ।
धेरै शक्तिशालीहरुको हालत जीवन मरणको दोसाँधमा छ । इज्जत धरासायी बनेको छ । व्यक्तित्व जनविरोधी, देशविरोधी बन्न पुगेको छ ।
मान्छे एकदिन मर्छ । तिनको मरण कति दयनीय होला, सिक्किमलाई हेरे हुन्छ, लेण्डुप आफूले आफैलाई धिक्कार्दै, आफ्ना हातले आफ्नै पुर्पुरो बजार्दै मनुैप¥यो ।
बाँचेर मर्ने कि मरेर पनि बाँच्ने ? हाम्रा नेताहरुले सोच्ने समय आयो । समय घर्किएपछि पछुताउनुको कुनै अर्थ हुनेछैन ।
आफ्नो अनुहार ऐनामा हेरुन्, जनताबाट घृणित त भइसके, जनताको विश्वासमा त मरिसके, अब पनि नचेते कहिले चेत्ने ?समाजवाद, जनवाद र सर्वहारावादका नाइकेहरु कागजी नेता बनिसकेका छन् ।
जनताप्रति, देशप्रति जिम्मेवार राजनीतिक नेता भनेका त्यागी हुन्छन्, इमानमा बस्छन्, नैतिकवानका उदाहरण बन्छन्, जनता र देशप्रति जिम्मेवार रहन्छन् । लोकतन्त्र नामका लूटतन्त्रे नेताहरु जंगलका हिंस्रकजस्ता छन्, जो हरेक दिन अपराधमा देखिन्छन् । जंगलमा अपराध हुन्छ, समाजमा अपराध फैलाउनेहरु समाज बदल्ने राजनीतिलाई अपराधशाला बनाइरहेका छन् । अपराध मिसिएको राजनीति र विष मिसिएको अमृत उस्तै उस्तै हो । लोकतन्त्र विषालु बनाउने यिनै नेता हुन् ।
संविधान असफल भयो । अब यो व्यवस्था नफाल्ने हो भने देश र जनता झन झन जंगलतन्त्र बेहोर्न बाध्य हुनेछन् । जंगलतन्त्र भनेको अत्याचार हो, बाहुबलीतन्त्र हो । लोकतन्त्र विधि र नीतिले चल्ने व्यवस्था हो । १८ वर्षमा जे देखियो, न विधि देखियो, न नीति । नैतिकहीनताको महामारी छ नेपालमा ।
आफूलाई प्रजातन्त्रको बिडा उठाएको पाटी भन्ने होस् कि समाजवाद, जनवाद भन्ने अथवा जनयुद्ध लड्ने लडाकादेखि कमाण्डर सबै नैतिकहीन छन् । जनतालाई गरीव बनाएर गरीवका वीचमा सम्भ्रान्त जीवन ठढ्याउनेहरुलाई नैतिकवान राजनीतिज्ञ मान्न सकिदैन । समाजवादका नाममा, सशस्त्र विद्रोहको नाममा तर्साउने र लुट्ने राजनीतिमा देखिएका टाइगरहरुको हैसियत राम्रैसँग प्रमाणित भइसकेको छ । टाइगरहरु डरलाग्दा छन् । टाइगरहरु हिंस्रक छन् । टाइगरहरु भ्रष्टाचार नामको, अनैतिकता नामको रक्तपिपासु बनेका छन् । टाइगरहरु राजनीतिका नाममा अपराधतन्त्रको बिकास गरिरहेका छन् ।
अपराधतन्त्र न समृद्धि हो, न शान्ति, न लोकतन्त्र । यो लोकतन्त्रका नाममा जुकातन्त्र हो । जुका गाई भैंसीको कल्चौंडोमै पुगे पनि रगत नै चुस्छ । हाम्रा नेता र जुकामा भिन्नता देखिन छाड्यो ।
०४६ सालदेखि यिनै नेताहरु पटक पटक सत्तामा गए, अहिले पनि सत्ता, संसद, शक्तिमा छन् । यिनले सम्पत्ति यसरी खाए कि खाद्य के अखाद्य के, छुट्याउने फुर्सदै पाएनन् । त्यसैले जनयुद्ध कमाण्डर देखि समाजवादका अगुवा भनिनेलाई जनताले लायक र नायक मानेका छैनन् । यी सबै अपराधशालाका कसाईहरु हुन् । जसको काम नै काट्नु हो ।
नेताहरुले राष्ट्रियता, जनताको विश्वास, आफ्नै घोषणापत्र र प्रतिवद्धतामात्र होइन, हुनैपर्ने सामाजिक नैतिकतासमेत टुक्रा टुक्रा पारिरहेका छन् ।
प्रजातन्त्र र जनयुद्धका नायकहरु भैरव अर्यालको जयभुँडीको कथामा जसरी खन्चुवा हुन् । मानौं खानकै लागि यिनीहरुले लोकतन्त्र, समाजवाद भनिरहेका थिए, जनयुद्ध गरेका थिए । लोकतन्त्रमा राष्ट्रियता हा¥यो, बहुदल हा¥यो, हिन्दुराष्ट्र र राजतन्त्र हा¥यो । जनविश्वास हा¥यो । नेतृत्वको वचनबद्धता पनि हा¥यो । यथार्थमा नेपालीत्व हा¥यो ।
लोकतान्त्रिक उज्यालो आएन, सधैं कालरात्रि बन्यो ।
नेताहरुले लोकतन्त्रका माध्यमले नयाँ नेपाल बनाउँछु भन्थे, भएको नेपाललाई बेहाल बनाए । स्वर्गजस्तो नेपाललाई नर्क बनाए ।
जो छन् टुप्पाबाट पलाएका विनिर्माणका अतिवादी–भाषणवादी छन्, टुप्पाबाट जरा उम्रदैन । मूर्ख कालिदासले गरे जस्तो टुप्पामा बसेर फेद काट्ने कर्मको उपमा बनिसक्यो नेपाल । सूर्य त हरेक दिन उदाउँछ, कसैको मनमा उज्यालो छैन । नेपालीको मन अँध्यारो छ, पीडामा छ, अन्यौलग्रस्त छ । लोकतन्त्रले स्वत्व गुमायो, जनविश्वास गुमायो ।
विदेशीका लागि भाडाका सैनिक, निर्माण गर्ने श्रमिक उत्पादन गर्ने देश बन्यो नेपाल । देश निर्माणका लागि परिपक्व नेतृत्व हो, युवा सहभागिता हो । आफ्नै खुट्टामा उभिने, जसले अर्काको बाक्चाल बोकेर हिड्दैन, मौलिक चालमा उभिन्छ, चल्छ र केही गर्छ । त्यो पुस्ता बिद्रोहभन्दा बढी विदेशीन आतुर छ, समाज परिवर्तन नहुनुको नसो, समस्याको जरो यहाँ छ । यो जरोले झन झन जरा गाड्दैछ । देशको अस्तित्वमाथि खतरा बढ्दैछ । नेपाल भनेर सोच्ने र परसम्म देख्न दूरदर्शी नेतृत्वको ठाउँमा स्वार्थी र व्यक्तिवादी नेता भएकै कारण देश बिघटनको संघारमा पुगिसकेको छ । खतराका घण्टी बज्न थालिकसेका छन् ।
जनता उठ्न र छिटो विद्रोही महायज्ञको आराधना जरुरी भयो । जनतालाई नेतृत्व दिनसक्ने, विद्रोहको सफलतापछिको खाका सार्वजनिक गर्ने र अगाडि बढ्ने को हो ? पिपलपाते र एकदिने आन्दोलन गर्ने स्वार्थीहरुको डफ्फाले कुनै परिवर्तन ल्याउन सक्दैनन् । जनताले भरोसा गर्नसक्ने नेतृत्व अघि सर्नैपर्छ । देश बचाउनका लागि नागरिक विद्रोहको बिकल्प बाँकी छैन ।
पार्टीहरुका, नेताहरुका गलत नीतिका कारण नेपालजस्तो विकासशील मुलुकमा लोकतन्त्र जनताका लागि खाउँ भने दिनभरिको सिकार नखाउँ भने कान्छा बाबुको अनुहार बनेको देखिन्छ । लोकतन्त्र कसैलाई मटन भोजन, कसैलाई बटर पाउरोटी र अधिकांशका लागि खोलेफाँडो पनि भागमा परेन । यसैले लोकतन्त्र नेपालमा बदनाम छ, लुटतन्त्रमात्र छ । यो पद्धति फाल्नै पर्ने स्थितिमा छ ।
लोकतन्त्र भन्ने पद्धति नेतृत्वका लागि राष्ट्रलाई काटेर खाने, युवाहरु नेतालाई चाटेर अथवा विदेश भागेर बस्ने, सिदासादा डराएर थरहरि भएर रहने हो भने अर्को परिवर्तन गाह्रो छ । आज मुर्खता होइन, मौलिकताको खोजी गर्नुछ ।
मौलिकता युवा जागरणमा छ । यो जागरण कहिले आउँछ, भन्न सकिदैन ।
श्री ३ को अहंकारमा पुगेका नेतृत्वले बुझ्नुपर्छ– जंगे अहंकार भनेको जंगलीपन हो । लोकतन्त्र भनेको नेतातन्त्र होइन । नयाँ पुस्ताले अजंगेहरुलाई बुझाउन ढिला गर्नुहुन्न । सपना देख्ने र देखाउने छेपाराहरुको पछि लाग्नु भनेको पछाडि फर्कनु हो । जंगल पस्नु हो । आजका शिक्षित युवाहरु जंगली बन्न सक्दैनन् । आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्दै आधुनिकतामा रम्नु रमाउनु सभ्यताको विकास हो । यस्तो विकास होइन, विनासतिर अग्रसर छ लोकतन्त्रको अग्रगमन । यो अग्रगमनले जनतालाई सकसमा पु¥यायो, देशलाई खाल्डोमा हाल्ने भयो ।
एकजना पनि लोकनेता त अनुकरणीय छैनन्, घृणाका पात्र छन् । लोकका लागि लोकनेता डरलाग्दा जीवन हुन् । जनताले अपराधी ठहराएका व्यक्तिहरु जनताका शासक बन्नु भनेकै अलोकतान्त्रिकता हो । यस्तो शासन लोकतन्त्रको अपमान हो । किन बुझ्दैनन् डेढ अक्कलीहरु ?
यो व्यवस्था असफल भएकैले राष्ट्र मानवीय संकटमा छ । विधि र सामाजिक व्यवहार संकटमा छ । असलमा देश विपत्तिमा छ । यो विपत्तिबाट बचाउन नेतृत्व हुस्सु बनेको छ । नेतृत्व स्वार्थ सिद्धिमा आफूलाई सफल नेता ठानिरहेको छ । यो भ्रमबाट मुक्ति जनताले दिने हो । जबसम्म अलोकतन्त्र लोकतन्त्र हुनसक्दैन भनेर जनताले प्रहार गर्दैनन्, तवसम्म देश अँध्यारोबाट उज्यालोतिर जाँदैन ।

footer