linktrix Long Ad
Salt Trading Long Ad

पाँच महिनामा कुन बैकले कति कमाए नाफा ?

1.07K
shares

काठमाडौँ । पाँच महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकले मंसिर महिनासम्म सो बराबरको नाफा कमाएका हुन् ।

कात्तिक मसान्तसम्म यस्तो नाफा २२ अर्ब २९ करोड रुपैयाँ थियो । यस अनुसार मंसिर महिनामा मात्रै बैंकहरुले ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको थप नाफा कमाएको देखिन्छ । अघिल्लो वर्षको पाँच महिनामा बैंकहरुले २८ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएका थिए । यो आधारमा हेर्दा यस वर्षको नाफा ६.६० प्रतिशत बढी हो ।यो अवधिसम्म नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकले २ अर्ब ८३ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ४९ करोड, कुमारी बैंकले १ अर्ब ९९ करोड तथा प्राइम कमर्शियल बैंकले १ अर्ब ९६ करोड, प्राइम कमर्शियल बैंकले १ अर्ब ९४ करोड तथा एनएमबि बैंकले १ अर्ब ९० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् ।

त्यस्तै, प्रभु बैंक १ अर्ब ८३ करोड, लक्ष्मी सनराइज बैंक १ अर्ब ६४ करोड, नेपाल बैंक १ अर्ब ५१ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंक १ अर्ब ३४ करोड, हिमालयन बैंक १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै, सिद्धार्थ बैंक ९७ अर्ब ९० करोड, सानिमा बैंक ९० करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैंक ८६ करोड ७१ लाख, माछापुच्छ्रे बैंक ८२ करोड ७४ लाख, सिटिजन्स बैंक ६९ करोड ४९ लाख, एनआईसी एसिया बैंकले ६ करोड ३३ लाख नाफा कमाउँदा कृषि विकास बैंक ३ करोड ५२ लाख रुपैयाँ नोक्सानमा रहेको देखिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports