हालको प्रेस काउन्सिल विधेयकले वर्तमान समस्यालाई समाधान गर्न सकेन : मन्त्री गुरुङ
वि.सं.२०८१ पुस २९ सोमवार १६:०५
shares

काठमाडौं । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको छ ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्तरगतको कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना मन्त्रालयसँग छलफल भएको हो ।छलफलमा बोल्दै सञ्चार मन्त्री पृथ्वी सुव्वा गुङ्गले मिडिया काउन्सिल विधेयक किनल्याउ नुप¥यो ? प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ भन्ने खालको प्रश्न आउने गरेको भन्दै प्रेस काउन्सिल विधेयकको संरचना र कानुनी प्रवन्धले आजको समस्या समाधान नहुने कारण ल्याउन परेको बताए ।
उनले भने,‘मिडिया काउन्सिल विधेयक किन ल्याउनु प¥यो ? प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ । त्यसको भन्ने खालको कुरा आउँछ । तर त्यो प्रेस काउन्सिल विधेयकको संरचना जुनखालको छ, जे खालको कानुनी प्रवन्ध छ । त्यसले आजको यो क्षेत्रको समस्याको समाधान गरेन भनेर नयाँ संरचना ने चाहिन्छ भनेर प्रेस काउन्सिल विधेयक यो ३८ सालमा ने बनेको हो । यो बीचमा धेरै कुरा परिवर्तन भइसकेको छ । त्यस क्षेत्रको साथिहरुले पनि मिडिया काउन्सिल विधेयक ल्याउनु प¥यो भनेर आएको थियो ।’
यस्तै,कानुनमन्त्री अजय चौरासियाले मिडिया काउन्सिल विधेयकलाई पास गरेर जान सुझाव दिए । त्यस्तै, बैठकमा समिति सदस्य सोबिता गौतमले नेपालमा औषधीहरुको विज्ञापन गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि आयुर्वेदिक प्रोडक्टहरुको विज्ञापन बढेकोमा अपत्ति जनाइन् ।सामाजिक सञ्जालमा विज्ञापन हेरेको भरमा जनताले स्वतः रुपमा किनेर खाने या प्रयोग गर्ने हुँदा त्यसले झन समस्या थपिएको उनको भनाई छ ।






































