linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति पौडेल समक्ष एकैपटक ५ वटा अध्यादेश सिफारिस

819
shares

काठमाडौँ । सरकारले एकैपटक ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष गरेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्दन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बताए ।

यसैगरी आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सिफारिस गर्ने निर्णय भएको गुरुङले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports