२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्र बलका १५ जना खेलाडीको विशेष बढुवा

1.3K
shares

काठमाडौं । सशस्त्र प्रहरीले बलले आफ्नो संगठनमा आवद्ध १५ जना खेलाडीहरूको विशेष बढुवा गरेको छ । १२ जना खेलाडीहरू प्रहरी जवानबाट पदोन्नति भएर सहायक प्रहरी हवल्दार बनेका छन् ।

२४औं सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय (नेपाल एपीएफक्लव) मा कार्यरत विभिन्न दर्जाका प्रहरीलाई बढुवा गरिएको हो । महिला फुटबल प्रशिक्षक भगवती थापा प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएकी छन् ।महिला फुटबल खेलाडीहरू अनिता केसी र गीता रानाको बढुवा भएको छ । उनीहरू दुवै सहायक हवल्दार बनेका छन् । महिला भलिबल खेलाडीत्रय हीरा केसी,कविता भट्ट र सरु लिम्बू पनि प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भए ।

एथलेटिक्सका दुई खेलाडी गोपिचन्द्र कार्की र फूलमती राना विशेष बढुवामा परेका छन् । उनीहरू दुवैलाई सहायक हवल्दारबाट हवल्दार बनाइएको छ । उसुका दुई खेलाडी अशोक खालिङ र कविता थापा सहायक हवल्दारमा बढुवा भएका छन् । महिला ह्यान्डबलकी बन्दना राई, कराँतेका मोहम्मद शेखु आलम, फुलकन्ट्याक्ट कराँतेका सञ्जय राई, महिला कबड्डीकी रविना चौधरी पनि सहायक हवल्दार बनेका छन् । एक क्रिकेट खेलाडी बढुवा सूचीमा परे । क्रिकेटर सन्दीप जोरा पनि प्रहरी जवानबाट बढुवा भएर सहायक हवल्दार बनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports