linktrix Long Ad
Salt Trading Long Ad

अब बाबुको पहिचान नभएका ब्यातिले आमाको नामबाट नागरिकता पाँउने

910
shares

एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको छ।

मंगलबार गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले आमाको नामबाट नागरिकता लिन केही हदसम्म सजिलो बाटो खोलिदिएको हो।यद्यपि नागरिकता लिने व्यक्तिले बुवाको पहिचान नखुलेको स्वघोषणा भने गर्नुपर्नेछ।

विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा बाबुको नाम उल्लेख भएता पनि अहिले सम्पर्कमा छैनन् भने त्यस्ता सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउनेछन्।यसअघि नागरिकतासम्बन्धी ऐनमा यस्तो व्यवस्था थिएन। जसका कारण एकल आमाले हुर्काएका सन्तान नागरिकता लिनबाट बञ्चित भएका थिए।

‘कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्र वा अन्य कुनै प्रमाण पत्रमा बाबुको नाम उल्लेख भएता पनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनि निजले स्वघोषणा गरेमा बाबुको पहिचान नभएको मानिनेछ र निजले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports