linktrix Long Ad
Salt Trading Long Ad

कस्तो होला आजको मौसम ?

1.03K
shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

कोशी प्रदेश– आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

मधेस प्रदेश– दिउँसो तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बागमती प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

गण्डकी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश– दिउँसो पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावनाका साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहनुका साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज बिहान यहाँको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports