प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हाम्रो जुन व्यापारको आँकडा देखिएको छ, त्यो पनि सही सत्य होइन, त्यो नक्कली आँकडा हो : प्रधानमन्त्री ओली

754
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली भएको बताएका छन् । बिहीबार राजधानीमा भएको चेम्बर एक्पोलाई सम्बोधन गर्दै उनले नेपालको निर्यातलाई वास्तविक निर्यात मान्न नसकिने बताएका हुन् ।

‘हाम्रो जुन व्यापारको आँकडा देखिएको छ, त्यो पनि सही सत्य होइन, त्यो नक्कली आँकडा हो,’ ओली भन्छन्, ‘हामीसँग जुन, जति उत्पादन छैन, त्यो पनि व्यापार देखिएको छ । अर्थात् हामी ल्याउँछौं, बेच्छौं, त्यो पनि छ ।’ उनले आफैँले उत्पादन गरेका सामान बिक्री गर्न सके मात्रै त्यसलाई वास्तविक व्यापार मान्न सकिने उनको भनाइ छ । नेपालमा बचतकर्ताको संख्या निकै कम मात्रै भएको प्रधानमन्त्री ओली बताउँछन् ।

नखाएर बचाएको पैसालाई बचत बन्न नसकिने भन्दै उनले त्यो जतन गरेर राखेको पैसा मात्रै भएको बताए । हामीले खोजेको अवस्था नखाएर बचाउने नभएको उनको भनाइ छ । उनले चुरोट, बिडी जस्ता हानीकारक वस्तुको खपत घटाएर गरेको बचतलाई मात्रै बचत भन्न सकिने बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports