गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा प्रकृतिक तर कांग्रेस एमाले मिलेर सरकार बनाउँदा कसरी असम्बैधानीक : कांग्रेस महामन्त्री शर्मा

871
shares

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले कांग्रेस-एमालेबीचको गठबन्धनको सरकार प्राकृतिक नभएको आफूहरूले स्वीकार गरेको बताएका छन्। आज आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शर्माले यस्तो बताएका हुन्।

‘दुईवटा फरक दर्शनका बीचमा गठबन्धनको सरकार बन्नु भनेको समयको बाध्यता हो, गणितीय बाध्यता हो, परिस्थितिको आवश्यकता हो। प्रष्ट रूपमा भन्दा यो एकदमै प्राकृतिक रूपमा बनेको छ भन्ने दाबी गर्दैनौँ। तर, के यो संवैधानिक पनि छैन त ? त्यसो होइन,’ उनले भने।गत माघ २४ गते प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो धारणा राख्ने क्रममा सरकार प्राकृतिक र संवैधानिक पनि नभएको बताएको भन्दै शर्माले सोधे, ‘कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको सरकार संवैधानिक हुने र कांग्रेस र एमाले मिलेर बनेको सरकारचाहिँ कसरी असंवैधानिक भयो?’

उनले भ्रष्टाचार निवारण, निजामती कर्मचारी, शिक्षा र अख्तियारलगायतका विधेयक यो अधिवेशनबाट टुङ्गोमा पुर्‍याउनुपर्ने भन्दै अनि मात्र आस्था, आशा र भरोसा बढाउन सकिने बताए। उनले प्रचण्डको उक्त अभिव्यक्त आवेगात्मक भएको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports