गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्च अदालतका पूर्व न्यायाधीशको निधन : आज सर्वोच्चमा कुनैपनि इजलासमा सुनुवाइ भ्एन

871
shares

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अरविन्दनाथ आचार्यको निधन भएको छ।

उनको निधनको शोकमा सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल कोर्ट) ले आइतबार सबै इजलासको सुनुवाइ स्थगित गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भएन। सर्वोच्चमा आइतबार ३६२ वटा मुद्दा पेसीमा थिए।सर्वोच्चका अनुसार, आचार्य २०४९ माघ १ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई २०६० वैशाख १३ सम्म कार्यरत रहेका थिए।

१९९५ वैशाख १४ गते काठमाडौंको डिल्लीबजार, मैतिदेवी फाँटमा जन्मिएका उनको शनिबार ८६ वर्ष ९ महिना १२ दिनको उमेरमा निधन भएको हो।‘आचार्य देवानी र फौजदारी कानुनका क्षेत्रमा विशेष दख्खल राख्ने, लगनशील, मिलनसार सहृदयी, मृदुभाषी एवम् अनुभवी न्यायिक व्यक्तित्वको रूपमा स्थापित हुनुहुन्थ्यो,’ सर्वोच्चका प्रवक्ता अच्युत कुँइकेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको निधनबाट न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ। उहाँको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports