गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहाललाई पूर्व कानुन मन्त्री गिरीको जवाफ : क्यान्टीमेनको अर्बौ रूपैया दुवई लगायत अरूमा लगानी गरेकोमा कान मौन

767
shares

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वकानूनमन्त्री पदम गिरीले प्रमुख विपक्षी दलको र पूर्वप्रधानमन्त्री जस्तो पदमा बसेका व्यक्तिले आधारहीन र सामाजिक सञ्जालको हल्लाका कुरालाई संसदीय छानबिनको विषय बनाएको भन्दै आपत्ति जनाएका छन् । गिरीले प्रचण्डको संसदमा दिएको पछिल्लो अभिव्यक्ति तर्क र तथ्यहीन तथा घृणा फैलाउने खालको रहेको भन्दै आधारहीन कुरामा छानविन गर्ने हो भने प्रचण्ड स्वयं छानविनको दायरमा आउनुपर्ने बताए ।

गिरीले भने, ‘बजार हल्लाको नीच विषयलाई लिएर पूर्व प्रधानमन्त्रीले स्वीस बैंकको पैसा, कम्बोडियाको लगानी छानबिन गरौं भनेर प्रधानमन्त्रीलाई लाञ्छित गर्ने हो भने हिजो तपाईँहरूसँग लडेका साथीहरूले भनिरहेका छन्, क्यान्टोनमेन्टको अर्बौ रूपैयाँ दुबईका बैंकमा छ खोज्नुपर्छ भनेर । हिजो युद्धको बेला बैंक लुटपाट गरेको पैसा जति अमेरिकाको लस भेगसको ठूलो जुवाघरमा लगानी भएको छ भन्ने प्रचार पनि भइरहेको छ । के अब हामी यस्तै प्रचारको पछि लागेर संसदीय छानबिन समिति बनाउनुपर्छ भनौं ? तपाईँबाट हामीले त्यही अपेक्षा गर्ने हो ? त्यसैले प्रतिपक्षी नेताले आफ्नो अभिव्यक्ति तथ्य र संयमका आधारमा दिनुपर्छ ।’

पूर्वमन्त्री गिरीले सरकारले ल्याएका अध्यादेशबाट उद्योगी व्यवसायी, सूचना प्रविधि क्षेत्रका युवादेखि सर्वसाधारण जनता सबै खुसी हुँदा प्रतिपक्षमात्र दुःखी हुनुले स्वार्थ समूहलाई धक्का पुगेको हुनसक्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports