२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ दिल्लीको रेल्वे स्टेसनमा भागदौड, १८ जनाको निधन

845
shares

शनिबार राति भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको निधन भएको छ।भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९:२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको निधन भएको हो।घटनामा २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले निधनको पुष्टि गरेको छ।

दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो। राति करिब ८:३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो।रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन्।

नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा निधन भएकाहरूप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गरेका छन्।यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको निधन भएको थियो।भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १०, २०१३ मा पनि कुम्भको समयमा प्रयागराज स्टेसनमा भागदौड हुँदा ३६ जनाको निधन भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports