नेपालमा एमसीसीका सबै परियोजना स्थगित
वि.सं.२०८१ फागुन ७ बुधवार ०९:२१
shares

काठमाडाैं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)द्वारा नेपालमा सञ्चालित परियाेजनाहरु स्थगित भएका छन् ।
दाेस्राेपटक अमेरिकी राष्ट्रपति भएपछि डाेनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि राेक्ने आदेश दिएका थिए ।मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयाेजनाहरु कार्यकारी आदेशअनुसार राेकिएकाे जनाएकाे हाे ।
यसअघि युएसएडसँग सम्बन्धित परियाेजना पनि स्थगित भइसकेका छन् ।






































