२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज धिमिरे नियुत्त

871
shares

नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन्।

लामो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका घिमिरेलाई युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले मंगलबार (फागुन ५ मा) मन्त्रीस्तरीय निर्णयबाट नयाँ प्रमुख आक्युत नियुक्त गरेका हुन्।

मन्त्री चौधरीले विभिन्न विवादमा मुछिएका निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई गैरकानुनी रूपमा नियुक्ति लिएर संस्थालाई बदनाम गरेको आरोपमा हटाएर उक्त स्थानमा घिमिरेलाई नियुक्त गरेका हुन्।नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्रले समेत रञ्जितको नियुक्ति कानुनसम्मत नभएकाले उनको नियुक्ति बदर गरी कानुनबमोजिम अर्को व्यक्तिलाई नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको थियो।

घिमिरेसँगै मन्त्री चौधरीले अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गरेका छन्। नियुक्त हुनेमा इन्दु सुवेदी, कमलबहादुर देउजा, भुवन सुब्बा, सन्तोषकुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports