सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने, युक्रेनमा नपुगेका अमेरिकी सैन्य उपकरणलाई रोकिने

767
shares

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने घोषणा गरेको छ । युक्रेनका नेताहरूले शान्तिप्रति असल विश्वासको प्रतिबद्धता नदेखाएसम्म ह्यवाइट हाउसले सबै विद्यमान सैन्य सहायता रोकेको अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले जनाएको छ ।

ब्लूमबर्गले युक्रेनमा नपुगेका अमेरिकी सैन्य उपकरणलाई रोकिने बताएको छ । यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।यसबारे हालसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन्।तीन दिनअघि ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनावपूर्ण भेटवार्ता भएको थियो ।

त्यसको तीन दिनपछि अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता रोक्ने घोषणा गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports