२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंका यी क्षेत्रमा भेला हुन नपाइने

1.52K
shares

राजावादीको गतिविधि ह्वात्तै बढेपछि काठमाडौँका संवेदनशील स्थानमा निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अति विशिष्ट व्यक्तिहरुको निवास र प्रशासनिक कार्यालय आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

राष्ट्रपति कार्यालय शीतल निवास, उपराष्ट्रपति कार्यालय हरितगृह, प्रधानमन्त्री निवास, संसद भवन र सिंहदरबार आसपासको क्षेत्रमा आगामी दुई महिनासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । त्यस्तै, न्यायपालिका कार्यालय आसपास पनि अनसन, धर्ना, जुलुस, प्रदर्शन र सभा गर्न नपाइने सिडिओ कार्यालयको सूचनामा उल्लेख छ ।कसैले आदेशविपरित त्यस्ता कार्य गरेको पाइएमा ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम कारवाही गरिने र ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मुल्यांकनसम्बन्धी कार्याविधि, ०८१’ बमोजिम आयोजकलाई क्षतिपूर्ति तिराइने पनि जानकारी गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बसेको क्याविनेट बैठकमा गृहमन्त्री रमेश लेखकलाई राजावादीहरुको गतिविधिमाथि निगरानी राखेर कडाइ गर्न निर्देशन दिएका थिए । सोहीअनुसार जिप्रकाले निषेधाज्ञा जारी गरेको हो ।तर, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने पूर्व राजाको गतिविधि र निषेधित क्षेत्र घोषणा गर्नुबीच सम्बन्ध नरहेको दाबी गरे । जिल्ला सुरक्षा समितिले विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सिफारिस गरेपछि सूचना जारी गरिएको उनको भनाई छ ।

‘निषेधित क्षेत्र घोषणा गर्नुसँग पूर्व राजा वा राजावादी दलहरुको विषयले कुनै सम्बन्ध राख्दैन’, उनले  भने, ‘जिल्ला सुरक्षा समितिले पहिले पनि यो विषयमा जानकारी गराएको थियो, शुक्रबार औपचारिक सिफारिस गरेपछि आजदेखि लागू हुनेगरी सूचना जारी गरेका हौँ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports