तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं स्थित पाकिस्तानी दूतावासले मनायो ८५ औ राष्ट्रिय दिवस

546
shares

काठमाडौं । पाकिस्तानको ८५औँ राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौँस्थित पाकिस्तान दूतावासले झन्डोत्तोलन समारोह आयोजना गरेको छ ।

काठमाडौँस्थित पाकिस्तानी दूतावास परिसरमा आयोजित उक्त समारोहमा पाकिस्तानका राजदूत अबरार एच हाशमीले पाकिस्तानको झण्डा फहराइका थिए । समारोहमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रीका सन्देशहरू वाचन गरिएको थियो ।राजदूत अबरार एच हाशमीले समारोहमा दूतावास समुदायलाई बधाई दिँदै पाकिस्तानको स्वतन्त्रता आन्दोलनमा पूर्वजहरूको शान्तिपूर्ण सङ्घर्षको प्रशंसा गरे । उनले पाकिस्तानको प्रगति र समृद्धिको आधार एकता, कठोर परिश्रम र दृढ संकल्प भएको जिकिर गर्दै नेपालस्थित पाकिस्तानी समुदायलाई स्थानीय रूपमा संलग्न रहन र पाकिस्तान–नेपाल मित्रतालाई अझ मजबुत बनाउन योगदान दिन आह्वान गरे ।

राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो सन्देशमा पाकिस्तानका नागरिकहरूलाई बधाई दिँदै राष्ट्रिय संस्थापकहरू र पाकिस्तान आन्दोलनका योगदानकर्ताहरूको बलिदानको सम्मान गर्नुपर्ने बताए ।उनले एकता, आस्था र अनुशासनको सिद्धान्त अपनाएर राष्ट्रिय सुरक्षा सुदृढ पार्न, अर्थतन्त्र सशक्त बनाउन, कृषि प्रवर्द्धन गर्न, ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न र युवाहरूका लागि अवसर सिर्जना गर्न सकिने बताए ।पाकिस्तानले शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय स्थायित्व र सशक्त अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकता दिने प्रतिबद्धता दोह्याएँदै उनले जम्मु(कश्मीर र प्यालेस्टाइनका जनताको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तानले निरन्तर समर्थन गर्ने कुरा पनि बताए ।

प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले आफ्नो सन्देशमा २३ मार्चको ऐतिहासिक महत्वको चर्चा गर्दै यो दिनले दक्षिण एसियाको इतिहासमा महत्वपूर्ण मोड ल्याएको बताए ।उनले ८५ वर्षअघि क्वैद (ए)आजम मुहम्मद अली जिन्नाहको नेतृत्वमा मुस्लिम समुदाय एकजुट भई १९४० को लाहौर प्रस्ताव पारित गरेको र १९४७ मा पाकिस्तानको स्थापना भएको स्मरण गर्दै देशको सार्वभौमिकता रक्षा गर्ने सुरक्षाकर्मीहरू र शहीदहरूको योगदानको उच्च सम्मान गर्नुपर्ने बताए।विदेशमन्त्री मोहम्मद इस्हाक डारले विदेशमा बस्ने सम्पूर्ण पाकिस्तानीहरूलाई शुभकामना दिँदै उनीहरूको देशप्रतिको समर्पण र परिश्रमको प्रशंसा गरे। उनले कश्मीरी जनताको संघर्ष र बलिदानको सम्मान गर्दै पाकिस्तानले उनीहरूको आत्मनिर्णयको अधिकारका लागि कूटनीतिक, नैतिक र राजनीतिक समर्थन जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports