तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमबीबीएस र बीडिएसको सिट संख्या बढाए सत्याग्रहमा बस्ने डा. गोविन्द केसीको घम्की

741
shares

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी सरकारलाई एमबीबीएस तथा बीडीएसको सिट सङ्ख्याको घोषणाको कडा विरोध गर्न आग्रहहरू सम्बोधन पुन: सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले सरकारले एमबीबीएसको सिट एक सयबाट बढाउने प्रक्रिया अघि बढाउनु गलत भएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘एमबीबीएस सिट हालको सङ्ख्या भन्दा बढाउन मिल्दैन । निजी मेडिकल कलेजबाट श्रम शोषणमा परेका पीडित रेजिडेन्ट डाक्टरको माग सम्बोधन साथै विगतमा भएका सम्झौता तुरुन्त कार्यान्वयन होस् ।’

हाल एमबीबीएस पढाउन मेडिकल कलेजले एक सय सिट पाउँदै आएका छन् । आयोगको १८ औं बैठकमा शुल्क र सिट परिमार्जनका लागि शिक्षासचिव डा.दीपक काफ्लेको संयोजकत्व ११ सदस्यीय कार्यदल गठन भएको थियो ।सिटका विषयमा भने शिक्षासचिव डा. काफ्लेको संयोजकको कार्यदलले हाल कायम रहेको एक सय सिटको सिलिङ हटाउँदै थप गर्न सकिने सुझाव दिएको छ । कार्यदलले दिएको सुझावका आधारमा अब एमबीबीएस र बीडीएसको सिट सङ्ख्या बढ्ने बाटो पनि खुला भएको छ ।

डा.केसी म्यानमारका भूकम्पपीडितहरूको सेवा गरेर नेपाल फकिँदैछन् । पटकपटकको दबाबमा चिकित्सा शिक्षा ऐन लागू भएसँगै चिकित्सा शिक्षा आयोग गठन भएको उनले बताएका छन् ।प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, अन्य नेतारनेत्री, कार्यकर्ता, न्यायाधीश, माफियाहरू लगायत विभिन्न स्वार्थपरक समूहको बारम्बार गैरकानुनी हस्तक्षेपका बाबजुद आयोगका पदाधिकारीहरूले सन्तोषजनक काम भइरहेको उनको भनाइ छ ।

तर, आयोगमा पदाधिकारीको नेतृत्व परिवर्तनसँगै गलत तत्वहरूको बेलगाम र निर्लज्ज हस्तक्षेपका कारण चिकित्सा शिक्षा ऐनको अस्तित्व नै गुम्ने अवस्थामा पुगेको डा.केसीको भनाइ छ ।‘ठग, फटाहा र खुराफातको लहैलहैमा लागेर नागरिकको ठुलो तप्कालाई आफ्नो घुँडामा बन्चरो हानेको थाहा छैन,’ डा.केसीले भनेका छन् । पहिले देखिकै मागहरू तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने उनले चेतावनी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports