सत्ता गठबन्धनको बैठक सुरु
वि.सं.२०८२ वैशाख १७ बुधवार १२:३६
shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो ।
सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका हुन् ।सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्दै छन् ।सत्ता गठबन्धनको बैठकमा शिक्षक र चिकित्सकहरुको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।





































