सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा पुगे
वि.सं.२०८२ वैशाख १७ बुधवार १५:०२
shares

काठमाडौं। सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा पुगेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता हुनेछ । हिजो रातिको वार्ता सकारात्मक भएकाले आज सहमति हुने बताइएको छ ।शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।
शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।





































