विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकका प्रतिनिधिहरु बीच वार्ता छलफल

1.16K
shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच वार्ता छलफल भइरहेको छ ।

मन्त्रीसँग छलफल गर्न नेपाल चिकित्सक संघका पदाधिकारीसहित आवासीय चिकित्सकका प्रतिनिधिहरु मन्त्रालय पुगेका हुन् ।सरकारी सरह भत्ता माग गर्दै आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुलाई नेपाल चिकित्सक संघले पनि साथ दिएको छ ।सरकारले निजी मेडिकल कलेजहरुलाई आवासीय चिकित्सकसरह भत्ता दिन निर्देशन दिए पनि कार्यान्वयन नभएपछि आवासीय चिकित्सकहरु आन्दोलनमा छन् ।

केही दिनअघि मन्त्रिपरिषद बैठकले मेडिकल कलेजमा एमबीबीएसको कोटा बढाउने र आवासीय चिकित्सकहरुलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर केही निजी मेडिकल कलेज सञ्चालकले आवासीय चिकित्सकले माफी माग्नुपर्ने भनेर धम्की दिइरहेकोे र कलेजमा जान पनि रोकेको चिकित्सकले गुनासो गरेका छन् । सोही गुनासोसहित आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोली स्वास्थ्यमन्त्री पौडेलकहाँ पुगेका हुन् । उनीहरुले ससम्मान निजी मेडिकल कलेजमा फर्किन पाउने वातावरण बनाइदिन माग गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports