सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : अध्यक्ष कमल थापा

598
shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने बताएका छन् । त्यसका लागि राप्रपासहितका दलहरु एकढिक्का भएर लाखौं जनतालाई सडकमा उतार्ने अभियानमा होमिएको उनले बताए ।

आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा थापाले काठमाडौं उपत्यकाका प्रत्येक घरमा पुगेर सडकमा उत्रिन आह्वान गर्ने जानकारी गराए ।आफूहरु सडकमा उत्रिँदा सरकारले उत्तेजित बनाएर दमनको नीति लिन सक्ने आशंका गर्दै थापाले भने, ‘हाम्रो रणनीति के हो भने यति धेरै जनता सडकमा उतार्नुपर्यो, सरकारले दमन गर्ने सोच्न पनि नसकोस् । हामीले काठमाडौंको सडकमा लाखौं जनता उतार्न सक्यौं भने काठमाडौं ठप्प हुन्छ र कुनै दमनले काम लाग्दैन ।’

उनले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै अगाडि भने, ‘एकप्रकारले भन्ने हो भने यो भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा हुन्छ । हामी भिडन्तमा जाँदैनौं । पक्कै पनि सरकारले भिडन्तमा उतार्न उत्तेजित बनाउनसक्छ । तर हामी संयमित भएर शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाउँछौं । त्यसकारण भिडन्तबाट होइन, जनताको धेरैभन्दा धेरै उपस्थितिबाटै हामीले यो धरासायी हुन लागेको संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई ढाल्नुपर्ने छ ।’उनले अहिलेको व्यवस्था उल्टाउन जनतालाई सडकमा उत्रिन आह्वान गर्दै घरदैलो अभियान चलाउने जानकारी दिए । यो अभियानलाई राजावादीहरुले काठमाडौं उपत्यका जनजागरण यात्रा नाम दिएका छन् ।

यो अभियानको ८ गते बिहान शंखरापुर नगरपालिकालको साँखुमा भेला भएर सुरु गर्ने र काठमाडौं उपत्यकाका १५ वटा पालिकामा पुग्ने योजना बनाइएको छ । अन्तिम दिन जेठ ११ गते भक्तपुरको कमलविनायकमा पुगेर बिसर्जन हुने छ ।त्यसक्रमा काठमाडौं महानगरका सबै वडामा पुग्ने थापाले बताए । ‘महानगरको ३२ सै वडामा ८–१० दिनको बीचमा पहिलो काम घरदैलो कार्यक्रम नै गर्नुपर्छ । सबै पार्टीका एक ठाउँमा उभिएर, राष्ट्रिय झण्डा बोकेर, प्रत्येक घरमा पुगेर एकपटक सडकमा उत्रिनुस् भन्नुपर्छ ।’उनले भने, ‘हामी सबै राष्ट्रवादी शक्ति एक ठाउँमा आएका छौं । जनताको बलमा शान्तिपूर्ण ढंगले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना गरेर छाड्नेछौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports