सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक : राजेन्द्र लिङ्देन

650
shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका छन् । प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने उनको भनाइ छ ।

‘अँस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो,’ आज काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले भने, ‘भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो ।’उनले जोड दिँदै भने, ‘लाने हो, यसपालि टुंग्याएरै छोड्ने हो । त्यही हिसाबले हाम्रो मिहिनेत बढाऔं ।’

उनले आन्दोलनमा आफूमात्र नभई सिंगो परिवार नै लिएर आउन आह्वान समेत गरे । सकेसम्म छरछिमेक र आफन्तलाई पनि लिएर आन्दोलनमा आउन र नसके घरमा ताला लगाएर सपरिवार आउन उनले अनुरोध गरे ।‘हाम्रो मिहिनेतलाई बढाऔं, हाम्रो क्रियाकलापलाई बढाऔं, हाम्रा छरछिमेकहरुलाई, आफन्तहरुलाई जेठ १५ गतेदेखि हुने आन्दोलनमा सहभागी हुन प्रेरित गरौं,’ अध्यक्ष लिङ्देनले भने, ‘आन्दोलनमा एक्लैएक्लै आइन्थ्यो भने यो चोटी आफ्नो सिंगै परिवार लिएर आऔं ।’उनले पटक–पटक आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए । यसअघि चैत १५ गते काठमाडौंको तिनकुनेमा राप्रपा समेत सहभागी राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको थियो ।

तर यसपालिको प्रदर्शन शान्तिपूर्ण हुने र निरन्तर चलिरहने लिङ्देनले बताए । ‘जेठ १५ गते त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रोतर्फबाट कुनै पनि हिंसात्मक कृयाकलाप हुँदैन,’ उनले भने, ‘अरुलाई पनि हामीले हिंसा गर्न दिँदैनौं । भनेको, सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसामा भड्काउन दिँदैनौं ।’आन्दोलनको अनुगमन गर्न मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई पनि आग्रह गर्ने उनले बताए ।आन्दोलनमा कुनै पनि प्रकारको हिंसा हुँदैन भनेर बुझाउन अगुवा कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । भारतमा ब्रिटिश शासन शान्तिपूर्ण आन्दोलनबाट अन्त्य भएको उदाहरण दिँदै लिङ्देनले भने, ‘अलिकति हिंसा भएन, तोडफोड भएन भने कसरी छोड्छन् त यिनीहरुले भन्ने तर्क गर्ने साथीहरु पनि छन् । तर भद्र अवज्ञाबाटै, सत्याग्रहबाटै हामीले हाम्रो मान्यताहरु स्थापित गर्छौं ।’

‘तपाईंहरुलाई थाहा छ हाम्रै छिमेमका १९० वर्ष पुरानो ब्रिटिश शासनलाई सत्याग्रहको बाटोबाटै अन्त्य गरिएको थियो । हामीले पनि पुगनपुग दुई दशकको गणतन्त्रलाई सत्याग्रहबाटै अन्त्य गर्छौं,’ उनले भने ।यो आन्दोलन आम देशबासीको हो भन्दै उनले भने, ‘यो देश बचाउने र बनाउने आन्दोलन हो । त्यसकारण सबैले योगदान गरौं भनेर यो आन्दोलनमा सबैलाई राष्ट्रिय झण्डाको मुनि लपेटेर ल्याउन मिहिनेत गरौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports